पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोह (तस्विरहरु)

सञ्जय रानाभाट २०७९ पुष १७ गते १४:३४

पोखरा ।

५० वर्षभन्दा लामो पर्खाइपछि बनेको निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइपुगेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आएर प्रचण्डले दीयोमा दीप बालेर विमानस्थलको उद्घाटन हुन् । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको हो ।

Advertisement

उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । तर आइतबार उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने टुंगो छैन ।

समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको छ । महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह गरेको हो ।

Advertisement

विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका शंकरराज पाठक पनि समारोहमा उपस्थित छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया