जनता सहकारीले गर्‍याे डस्टबिन वितरण

समाधान संवाददाता २०७९ पुष १७ गते १५:५१

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर ३० मा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाको ११ औं वार्षिकउत्सवको अवसरमा डस्टबिन वितराण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकरात्मक सन्देश दिने उद्देश्यले आफनो क्षेत्राधिकारभित्रका विभिन्न सामाजिक संघसंस्थाहरुलाई फोहोर संकलनमा सहयोग पुग्ने गरी डस्टबिन वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख गण्डकी प्रदेश ट्राफिक प्रहरी निरीक्षक गोविन्द अधिकारीले डस्टबिन वितरण गर्दै सहकारीले समाज परिवर्तनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने कुरामा जोड दिए ।

संस्थाका अध्यक्ष कुलबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विश्वमोहन पौडेल, शोभामोहन पौडेल, उपाध्यक्ष विश्वराज लामिछानेले लगायतले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको वार्षिकोत्सवको अवसरमा विगत वर्षदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको र कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरतराज ओझाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया