‘श्रमिकको हकहितलाई प्राथमिकतामा’

समाधान संवाददाता २०७९ पुष १७ गते १६:१६

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटी पोखराको दोस्रो अधिवेशन शनिबार भएको छ । अधिवेशनबाट अध्यक्ष रुद्रमान प्रधानको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटी उपाध्यक्ष्मा कृष्ण बास्तोला, सचिव महेन्द्र पराजुली, सहसचिव ओम पुन र कोषाध्यक्ष तेजवीर गुरुङ छन् ।

कमिटीका सदस्यमा ममता परियार, रुद्र रानामगर, फत्तबहादुर नेपाली, हर्क विक, जुना परियार, सूर्यबहादुर नेपाली रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष विष्णुबहादुर खत्री क्षत्रीले जानकारी दिए । कमिटीका सल्लाहकारमा सूर्य विक, सूर्यराज रञ्जीत, बलराम पराजुली र प्रेम खड्का छन् ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ध्यान दिने बताए । नेकपा (एमाले)को सरकारले २०७५ मंसिर ११ गते ल्याएको सामाजिक सुरक्षा योजनामा करिब ४ लाख श्रमिक सूचीकृत भएका छन्,’ उनले भने, ‘यातायात मजदुर, अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्न सक्ने व्यवस्था गरेको छ ।’

Advertisement

उनले सरकार, रोजगारदाता र श्रमिकको संयुक्त प्रयासबाट योजनामा सबै क्षेत्रका श्रमिकलाई समेट्न आवश्यक भएको उल्लेख गरे । उनले श्रमिकलाई योजनामा सूचिकृत गरेको खण्डमा रोजगारदातासमेत सुरक्षित हुने दाबी गरे । उनले नेपाल स्वतन्त्र मजदुर युनियनको संस्थापकको हिसाबले आम श्रमिकको हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कार्यक्रममा नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट)गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले आम मजदुरको सामूहिक प्रयास र एकताबिना योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउन नसकिने बताए । उनले योजनालाई प्रभावकारी कार्यान्वयनका लागि आम श्रमिकहरु एकजुट हुनुपर्ने आवाज उठाए ।

Advertisement

उनले कार्यक्रमम सूचीकृत हुनेले औषधोपचार, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायता योजनाका लगायतका सुविधा पाउने जानकारी दिए । अध्यक्ष खत्रीले आम श्रमिकलाई स्थानीय तहले पञ्जीकरणको व्यवस्था गर्न नसकेको गुनासो गरे ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ ट्राफिक प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले स्कुल बसमा निर्धारित सिटमा भन्दा बढी विद्यार्थी नबोक्न सुझाव दिए । उनले ट्राफिक प्रहरीले स्कुल बसलाई प्राथमिकता दिने जानकारी दिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका इन्चार्ज विष्णुबहादुर पराजुलीले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधारमा सुधार गर्नुपर्ने बताए । यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्रीले यातायात क्षेत्रलाई सम्मानित र मर्यादित बनाउन संगठन तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा यातायात मजदुर संगठनका पूर्व केन्द्रीय सल्लाहकार ईन्द्रबहादुर गुरुङ, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष बाबुराम रानामगर, यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय महानगर कमिटी इञ्चार्ज भीमबहादुर शाह, कमिटी अध्यक्ष रुद्रमान प्रधान, उपाध्यक्ष कृष्ण बास्तोला, सचिव बलराम पराजुली, पूर्वअध्यक्ष हरिबहादुर कार्की, संगठनका ट्याक्सी महानगर कमिटी अध्यक्ष मदनकुमार सुनार लगायतले यातायात क्षेत्रको समस्याका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया