सक्नेरीमा ल्होसार

समाधान संवाददाता २०७९ पुष १७ गते १६:२५

लेखनाथ ।
तमुहरुको महान पर्व ल्होसारको अवसर पारेर पोखरा २६ को बुद्ध आमा समूहले विविध कार्यक्रम गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको समारोहमा पोखरा २६ का वडाअध्यक्ष नरेन्द्र थापाले नेपालीको मौलिक संस्कृति रक्षाका लागि यहाँ भएका विभिन्न जातजातिले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

बाघ वर्गको बिदाइ गर्दै बिरालो वर्गको स्वागतमा नयाँ सालको रुपमा तमु ल्होसार मनाइएको हो । कार्यक्रममा समाजका सल्लाहकार सुवेदार कृष्णबहादुर गुरुङ, सदस्य प्रेम गुरुङ, कोषाध्यक्ष सुवेदार गमबहादुर गुरुङ, आमा समूहका निवर्तमान अध्यक्ष सरस्वती गुरुङ, पूर्व अध्यक्ष नरमाया गुरुङ, उपाध्यक्ष धनदेवी गुरुङ र सचिव बिना गुरुङले बोलेका थिए । कार्यक्रम समूहकी अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया