पोखरा महोत्सवमा घोडसवारी पनि

समाधान संवाददाता २०७९ पुष २० गते ११:१९

पोखरा ।
११ औं पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकलाई घोडसवार गराइने भएको छ । युनाइटेड क्लबको आयोजनामा पुस २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने महोत्सव अवलोकनका लागि आउने दर्शकलाई घोडसवार गराइने भएको हो ।

घोडसवारको माध्यमबाट महोत्सवको अवलोकनसँगै अमरसिंह नजिक रहेको पर्यटकीय गन्तव्य पुग्न सकिने महोत्सव आयोजक संस्था युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । हरेक महोत्सवमा नयाँपन दिँदै आएको उनले बताए ।

पोखरा महोत्सवको आयोजना गरी क्लबले मुख्य उद्देश्यका साथ अगाडि वढाएको खुला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) पोखराको पचभैयामा निर्माणाधीन छ । महोत्सव स्थल अमरसिंह चौरबाट महोत्सव अवधिभर चिडियाखाना अवलोकनको समेत व्यवस्था मिलाइनेछ ।

Advertisement

महोत्सवको तयारी अन्तिम चरणमा पुगिसेको र महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी एवं बिक्री, होमस्टेको प्रवद्र्धन, कृषि, हस्तकलाका सामाग्रीको प्रवद्र्धन एवं बिक्रीसँगै गण्डकी प्रदेशको कला संस्कृति झल्कने प्रस्तुतिसमेत रहने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया