सुशान्तलाई बगनासकालीको सम्मान

समाधान संवाददाता २०७९ पुष २० गते ११:२२

पोखरा ।
पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जुन गाहामगर (सुशान्त) लाई सम्मान गरेको छ । पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरिएको हो ।

गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले ढाकाटोली, दोसल्ला, नगद तथा सम्मानपत्र प्रदान गरे । गाउँपालिका प्रमुख चिदीले आगामी दिनमा थप सफलताका लागि शुभकामना दिइन् ।

उनले प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण इतिहास रहेको बताउँदै अन्य खेलाडीलाई प्रेरणा मिल्ने बताइन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास खेलमा टिम इभेन्टतर्फ सम्मानित गाहामगरले लुम्बिनी प्रदेशको तर्फबाट प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिम इभेन्टतर्फ लुम्बिनीलाई कास्य पदक दिलाएका थिए ।

Advertisement

गाहामगर खेलसँगै पत्रकारितामासमेत सक्रिय छन् । उनी पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकमका समाचार प्रमुख र एबिसी न्युज टेलिभिजनका पोखरा संवाददाता हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया