प्रेस युनियन गण्डकीमा टंक

समाधान संवाददाता २०७९ पुष २१ गते १०:३६

पोखरा ।
प्रेस युनियन गण्डकीको प्रथम अधिवेशनले टंकराज अधिकारीको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा माधव रेग्मी र संगिता केसी, समावेशी उपाध्यक्ष शारदा झेडी, महासचिव प्रकाश ढकाल, सचिव नारायण रिजाल, महिला सचिव अन्जना तिमिल्सिना, समावेशी सचिव मोहम्मद अलि मियाँ, कोषाध्यक्ष सन्देश पौडेल र लेखा समिति संयोजक राधाकृष्ण डुम्रे छन् ।

कार्यसमिति सदस्यमा शंकरराज नहर्की, गीता लामिछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, देवराज पुरी, प्रेमचन्द्र रौनियार, गोविन्द लामिछाने, गीता खत्री र निरज अधिकारी छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताए । ‘प्रेस मर्यादित हुन आवश्यक छ । जसका लागि यस सम्बद्ध संघ, संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

Advertisement

गलत सूचना प्रवाह गरी नागरिकलाई समस्यामा पार्ने बाटोतर्फ मिडिया लाग्न हुँदैन । अवलोकन र अनुगमन मिडिया क्षेत्रलाई पनि आवश्यकता छ’, उनले भने । मन्त्री थापाले प्रदेश सरकार प्रेसमैत्री कानुन निर्माणको सवालमा सकरात्मक रहेको जनाए ।

आमसञ्चार विधेयक सम्पूर्ण रुपमा तयार भइसकेको र अब पारित हुनमात्रै बाँकी रहेको उल्लेख गर्दै उनले श्रमजीवि पत्रकारहरुको हकहितका लागि दत्तचित्त भएर लाग्न आगूह गरे । नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रेस युनियनको विधानलाई टेकेर विधानले निर्दिष्ट गरेका काम, कारबाहीलाई पालना गर्दै संगठनलाई मजवुत बनाउने प्रतिवद्धता गरे ।

Advertisement

निर्वाचन समिति संयोजक कपिलमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया