बेगनासतालमा टुनाबोट हुँदै मोटारबोट सम्म

समाधान संवाददाता २०७९ पुष २१ गते १७:१६

लेखनाथ ।
कास्कीको दोस्रो ठुलो तालको रुपमा चिनिएको बेगनासतालमा चल्ने डुंगाहरुलाई समयानुकुल परिवर्तन गर्दै ल्यौजानु पर्ने सुझाव सर्वत्र छाएको छ । बेगनासताल पारीबाट वारीसम्म आउदा हिँडेर भन्दा डुंगामा आउँदा छिटो हुने भएकाले पहिला सिमलको रुखलाई खोपेर बनाईएको टुनावोट प्रयोग गरिँदै आइन्थ्याे तर अहिले समयको माग अनुसार मोटरवोट सम्म आईपुगेको छ ।

बाटोको सहज उपलब्ध नहुँदा तालपारीको लिब्दी, माझीकुना, स्याङ्याखुदी र कँडेलटुँडा लगाएतको क्षेत्रवाट वारी बेगनासतालसम्म आउदा टुनावोट प्रयोग गरिँदै आएकोमा अहिले पटला हुँदै मोटरवोट सम्म पुगेको वेगनासतालमा अव आधुनिक डुंगाबाट यहाँ आउने पर्यटनलाई भरपुर मनोरञ्जन दिनु पर्ने कुरा सर्वत्र छाएको हो ।

वि स २०५२ सालमा बेगनासमा दुग्ध सहकारी सस्थापना भएपछि दुध बोक्नका लागि स्थानिय डोलनाथ कँडेलले एक वटा पटला डुंगा खरिद गरेपछि समय अनुकुल अहिलेसम्म आईपुग्दा तालमा दुइ सय ५४ पटला, चारवटा पाईडल र दुईवटा मोटर बोट संचालनमा छन् ।

Advertisement

तालमा आउने आन्तरिक तथा बाहिय पर्यटनलाई केन्द्रित गर्दै फरक प्रकारका डुंगाबाट सेवा दिनु पर्ने कुरा आईरहदा बेगनासताल डुंगा व्यवसायी समितिको २८ औं वार्षिक साधारण सभा तथा १३ औ अधिवेशनबाट आएको समितिले कस्ता खालका योजना ल्याउन सक्छ त्यो भने गर्भ कै विषय बनेको छ ।

यसैबिच बुधवार सम्पन्न १३ औं अधिवेशनबाट निर्वतमान उपाध्यक्ष जमदार रविराज कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने समितिको उपाध्यक्षमा टिकाराम तिवारी, सचिवमा सोभाखर कँडेल, कोषाध्यक्षमा बीना सार्की र सह सचिवमा बेशवराज तिवारीलाई चयन गरेको हो भने समितिको सदस्यहरुमा नरेन्द्र सापकोटा, लक्ष्मी प्रसाद तिवारी, अरुण अधिकारी, सूर्यबहादुर थापा, सिता हिमाली र वावुराम सापकोटा रहेका छन् ।

Advertisement

यसैगरि समितिको लेखा संयोजकमा नवराज वास्तोला र सदस्यहरुमा वसन्तराज कँडेल र शिवकुमारी तिवारी रहेकी छन् । गत बैसाखमा भएको स्थानीय तहको निर्वाचनमा निर्वतमान अध्यक्ष ढकनाथ कँडेल वडाअध्यक्ष पदमा निर्वाचित भएपछि रिक्त रहेको अध्यक्ष पद सहितको समितिलाई पूर्णता दिइएको हो ।

यसैविच सोही कार्यक्रममा बेगनासताल डुंगा व्यवसायी समितिका पुर्व अध्यक्ष नगेन्द्रबहादुर सापकोट,बद्रिनाथ कँडेल, यमनाथ बास्तोला,पूर्णबहादुर बराल, सोमराज कँडेल, निर्वतमान अध्यक्ष ढकनाथ कँडेल र १४ वर्ष समितिमा सेवा गरेका बुद्धिसागर कँडेललाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया