जबरजस्ती करणी आराेपमा पाेखराका तिवारीलाई १९ वर्ष कैद

समाधान संवाददाता २०७९ पुष २४ गते १६:२६

पोखरा ।
पोखरामा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पोखरा २८ माझठानाका ७१ वर्षिय तारानाथ तिवारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ गरेको हो ।

२०७६ मा तिवारी अपाङगता भएकी नावालिका जबरजस्ती करणी आरोपमा पक्राउ परेका थिए तर २०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले उनलाई सफाई दिएको थियो ।

उच्च अदालत कास्कीले जिल्ला अदालतको फैसला उल्टाई गत बैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति सहितको सजाय तोकेको थियो ।

Advertisement

अदालतमा पेस गरी कैद भुक्तानीका लागि कारागार कार्यालय कास्की पठाइसकेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया