पोखरामा हत्या गरी २३ वर्षदेखि फरार गिरी चितवनबाट

समाधान संवाददाता २०७९ पुष २४ गते १७:२८

पोखरा ।
कास्की जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीले २०६६ फागुन २७ गते सर्वस्व सहित जन्मकैदको सजाय तोकिएका पोखरा ३ नदीपुरका उमेश गिरी भन्ने उमेशबहादुर गिरी पक्राउ परेका हुन् ।

शनिबार साढे ४ बजेतिर चितवनको धनगडामा लुकिछिपी बस्दै आएको अवस्थामा गिरीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । २०५६ साउन २२ गते धारिलो हतियार छुरा, खुकुरी र छड (फलामको रड) प्रयोग गरी राजेश थकालीको हत्या गरेको आरोपमा गिरी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार घटना पछि भागेर गिरी करिब १०/१२ वर्ष कतार, ३ वर्ष इराक, २ वर्ष अफगानिस्तान बसेर ७/८ वर्षअघि नेपाल फर्केका थिए । गिरी चितवनमा वर्कसप, वाइन सप पसल खोली विप्लवकाे नामबाट परिचित हुँदै आएका थिए ।

Advertisement

२०५८ चैत १ गतेको उक्त घटनामा संलग्न पेले भन्ने प्रेमकुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दीपक पुनलाई सर्वस्व सहित जन्मकैद, पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिकप्रसाद पुन, लक्ष्मीप्रसाद पराजुलीलाई ३ वर्ष कैदको सजाय अदालतले तोकेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया