प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

समाधान संवाददाता २०७९ पुष २६ गते १७:५८

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट अत्यधिक बहुमतसहित विश्वासको मत पाएका छन् ।

प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा २७५ सदस्यीय प्रतिनिधि सभा सदस्यमध्ये प्रचण्डलाई २६८ सांसदले विश्वासको मत दिएका हुन् ।

जसमा दुई सांसदले विपक्षमा मतदान गर्दा मतदानमा २७० सांसद उपस्थित भएका थिए । यस्तै निलम्बितसहित पाँच सांसद मतदानमा अनुपस्थित रहे ।

Advertisement

तपाईको प्रतिक्रिया