मनाङेले मुख्यमन्त्री अधिकारीलाई विश्वासकाे मत नदिने

समाधान संवाददाता २०७९ पुष २८ गते २०:१८

पोखरा ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन् । मनाङले मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी शुक्रबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत दिन आफु सहभागी नहुने बताएका हुन् ।

संघीयता विरोधी पार्टी पनि सरकार छ, त्यसो भएपछि मैले किन विश्वासको मत दिने ?, उनले समाधानसँग भने, ‘म विश्वासको मत दिन जान्न, घरमै सुतेर बस्छु ।’


अधिकारी मनाङेसहित ३३ सांसदको समर्थनमा पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पुस २९ गते प्रदेश सभामा विश्वासको मत लिदैछन् ।

Advertisement

तपाईको प्रतिक्रिया