जहाज दुर्घटनाः मृतक ५ जनाको सनाखत

समाधान संवाददाता २०७९ माघ १ गते १६:०२

पोखरा ।
आइतबार पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाका अनुसार मृतकमध्ये हालसम्म ५ जनाको सनाखत भएको छ । सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया छन् ।

जहाज दुर्घटना हुँदा अहिलेसम्म ६४ जनाको शव फेला परिसकेको छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाले ती शवलाई निकाल्ने प्रयास गरिरहेको छ। आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया