३६ शवकाे सनाखत, साेमबारनै आफन्तकाे जिम्मा लगाइने

समाधान संवाददाता २०७९ माघ २ गते ११:१७

पोखरा ।
आइतबार विहान पोखरा दुर्घटना भएको यती एयरलाइन्समा परि मृत्यु भएका ३६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार हालसम्म ३६ जनाको सनाखत भएको छ । हालसम्म ३६ वटा शवको सनाखत भएको छ, आफन्तहरु आइराख्नुभएको छ, अरु पनि सनाखत हुने क्रममा छन्,’ उनले भने ।

पहिचान भएको शवलाई सोमबार नै परिवारको जिम्मा लगाइने प्रहरी प्रमुख केसीले बताए । उनले भने, ‘पहिचान नखुलेको, विदेशी र काठमाडौंनै पोस्टमास्र्टम गर्नेको हकमा काठमाडौं पठाउँछौं, अन्यको हकमा सोमबार नै परिवारको जिम्मा लगाउँछौं ।’ हालसम्म ६८ जनाको शव फेला परेको छ । ४ जनाको खोजी कार्य जारी रहेको प्रहरी प्रमुख केसीले सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया