‘अध्ययन र रिसर्चले कन्फिडेन्स बढाउँछ’

समाधान संवाददाता २०७९ माघ २ गते ११:२३

पोखरा ।
बोल्नका लागि अध्ययन र रिसर्चले कन्फिडेन्ट बढाउँछ, अध्ययन र रिसर्च भएन भने बोल्न सकिदैँन ।


पोखरा रिसर्च सेन्टरले आयोजना गरेको ‘युथ इन पोलिसी एन्ड गभमेन्सफेलोसिप’ अन्तर्गत ‘वाइपिजी गण्डकी २०२२÷२३’ को पहिलो चरणको तालिमको दोेस्रो दिन शनिबारको पाँचौं सेसनमा गफिँदै थिए, पब्लिक स्पिकर अन्तिम गुरुङ । पर्वत घर भएका उनीलाई सहजीकरण गरेकी थिइन्, पोखरा रिसर्च सेन्टरकी सुजता ढकालले ।


सेसनमा स्पिकर गुरुङले रिसर्च र अध्ययनबिना राम्रो स्पिकर बन्न नसक्ने बताए । उनले रिसर्च र अध्ययनबिना बोल्नु नहुने संकेत गरे । ‘बोल्नका लागि अध्ययन चाहिन्छ, अध्ययन नगरिकन केही विषयमा बोल्न सकिँदैन, नजानेको कुरामा बोल्नु पनि हुँदैन,’ उनले भने ।

Advertisement


राम्रो स्पिकर बन्नका लागि हाउभाउ र डे«सअप पनि एकदमै महत्वपूर्ण हुने गुरुङले जिकिर गरे । ‘स्पिकरका लागि दाउभाउ तथा ड्रेसअप एकदमै महत्वपूर्ण हुन्छ, मैले पनि कुनै बेला डे«सअपका कारण प्रतिस्पर्धामा पराजित हुनुपरेको छ,’ उनले भने ।


कुन कुरा कसरी मिलाएर राखेको छ त्यसले ठूलो प्रभाव राख्ने उनको भनाइ छ । उनले भने, ‘स्पिकरले के बोल्छभन्दा पनि कसरी बोल्छ भन्ने कुराले प्रभाव पार्छ, एउटा ‘गुड’ स्पिकर बन्न कहाँ के बोल्छ, कसरी बोल्छ, कतिबेला बोल्छ भन्नेले निर्धारण गर्छ ।’ सो कार्यक्रमअन्र्तगत पहिलो चरणमा २४ जना तालिममा सहभागी छ । दोस्रो चरणमा २६ जना तालिममा सहभागी छन् । आइतबार पहिलो चरणको तालिमको समापन र दोस्रो चरणको तालिम सुरुआत भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया