राष्ट्रिय शोक विदामा पनि गण्डकी प्रदेश सभा चल्ने

समाधान संवाददाता २०७९ माघ २ गते १२:०१

पोखरा ।
आइतबार पोखरामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुका सम्झनामा सोमबार(आज) राष्ट्रिय शोक विदा मनाउने निर्णय गरेको थियो । तर, राष्ट्रिय शोक विदामा पनि गण्डकी प्रदेश सभा चल्ने भएको छ । आज चल्ने प्रदेश सभा बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची रहेको प्रदेश सभाका सचिवालयका सचिव हरिराज पोख्ररेलले जानकारी दिए ।

‘आज २ बजे प्रदेश सभाको बैठक प्रारम्भ हुन्छ, लगत्तै उपसभामुखको निर्वाचन प्रत्रिया सुरु हुन्छ, निर्वाचनपछि दोस्रो बैठकमा आधा झण्डा झुकाई शोक प्रस्ताव पारित गरिनेछ,’ पोखरेलले भने ।

संवैधानिक जटिलताले गर्दा प्रदेशसभा बैठक नरोकिने भएको हो । पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने प्रावधानअनुसार माघ २ गते सभामुख उपसभामुख चयन गर्नैपर्ने हुन्छ । सभामुख पुस ३० गते निर्वाचित भइसकेको र उपसभामुखको निर्वाचन बाँकी थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया