गण्डकी विश्वविद्यालयले मुख्यमन्त्री अधिकारीलाई बुझायो प्रतिवेदन

समाधान संवाददाता २०७९ माघ ७ गते १३:४३

पाेखरा ।
मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी विश्व विद्यालयको वार्षिक प्रतिवेदन बुझेका छन् । विश्व विद्यालयकुलपति प्राडा गणेशमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई उक्त शुक्रबार उक्त प्रतिवेदन पेस गरेका हुन् ।

गण्डकी प्रदेश सरकार सधैं विश्व विद्यालयको हितमा रहने विश्वास मुख्यमन्त्री अधिकारीले दिलाए । ‘तपार्इंहरुले प्रतिवेदन बुझाउनुभएको छ । सबै अहिल्यै हेरेर पनि सकिँदैन,’ उनले भने, ‘प्रतिवेदनमा भएका सबै कुरा हेरेर के गर्ने कसरी अगाडि बढ्ने भनेर भनौंला ।’ उनले जुनभावना र मर्म अनुसार विश्वविद्यालय स्थापना भएको हो, त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे ।

कुलपति प्राडा गणेशमान गुरुङले विश्व विद्यालयअन्तर्गतको पठनपाठन, अनुसन्धान, अन्वेषण, अविष्कार केन्द्र, जग्गा, भवन लगायत भौतिक अवस्थाका बारेमा मुख्यमन्त्री अधिकारीलाई जानकारी गराएका थिए । ‘नेपालमै पहिलो पटक गण्डकी विश्वविद्यालयले स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको छ,’ प्राडा गुरुङले भने, ‘यो विषयमा विद्यार्थीको राम्रो आकर्षण पनि छ ।’

Advertisement

विश्व विद्यालयले ब्याचर इनफार्मेसी, ब्याचलर इन आइटी, बिएएलबी र बिबिएको कक्षा पनि सुरु गरेको जानकारी दिए । अविष्कार केन्द्रबाट उत्पादन गर्न लागेका सामानहरुको बारेमा पनि मुख्यमन्त्री अधिकारीलाई कुलपति गुरुङले जानकारी गराएका थिए । पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदोको रक्सीको ब्रान्डिङका लागि अनुसन्धान गरिरहेको छ ।

कुलपति गुरुङसँगै उपकुलपति प्राडा नवराज देवकोटा, रजिस्ट्रार डा. कैलाश तिमिल्सिना, डिन डा. कपिल अधिकारी, योजना प्रमुख सन्दीप कोइराला, अधिकृत ईश्वर सुवेदी लगायत मुख्यमन्त्री अधिकारीलाई प्रतिवेदन पेस गर्न पुगेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया