घरपझोङ गाउँपालिकाको स्टोरबाट दुई वटा स्मार्ट  टिभी चोरी

सुन्दरकुमार थकाली २०७९ माघ १६ गते १६:०६

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जोमसोममा पालिकाको स्मार्ट टिभी चोरी भएको छ ।

गाउँपालिकाको निर्माणधीन प्रशासकीय भवनको सभाहलमा स्टोर गरी राखिएको ५० इन्चको दुई थान स्मार्ट टिभी चोरी भएको हो ।

गाउँपालिकाको सभाहलको ताला फोडेर टिभी चोरी भएको गाउँपालिकाका प्रशासन प्रमुख केदारसिंह थापाले जानकारी दिए ।

Advertisement

चोरी भएको टिभीको मूल्य प्रतिथान ९० हजार रहेको प्रशासन प्रमुख थापाले बताए। गाउँपालिकाकी जिन्सी इकाई प्रमुख सविना थकालीले माघको ६ गते स्टोर अनुगमन गर्दा टिभी लगायतका सामग्री सुरक्षित रहेको थियो।

माघ १० गते प्रशासन प्रमुख निर्माणधिन पालिकाको सभाहलमा पुग्दा ढोकाको ताला फोरिएको अवस्थामा थियो।

Advertisement

छानविनका लागि पालिकाले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा निवेदन दिएको छ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया