क्षत्री एकता अभियान सुरु

समाधान संवाददाता २०७९ माघ १७ गते १२:३६

पोखरा ।
राष्ट्र राष्ट्रियतासहित जातीय सद्भावका लागि गठित विभिन्न क्षत्री समाजबीच बृहत एकता अभियान सुरु भएको छ ।

पोखरामा केन्द्रीय कार्यालय भई स्थापित क्षत्री समाज नेपाल र काठमाडौंमा केन्द्रीय कार्यालय रहेको संयुक्त खस क्षत्री नेपालद्वारा गठित एकता कार्यदल समितिको संयुक्त बैठक पोखरामा भएको कार्यदलका सदस्य एवं केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले बताए ।

समितिले संयुक्त रुपमा क्षत्री एकता, दुवै समाजको सांगठनिक गतिविधिसहित आम क्षत्रीको भावनालाई उच्च प्राथमिकतामा राखी एउटै समाजको उद्देश्यमा समेटी समाजभित्र रहेको चल अचल सम्पत्तिलाई सम्बन्धित जिल्लाको पूर्ण स्वामित्व रहने गरी कार्ययोजना बनाइने समाजका महासचिव केशबहादुर केसीले बताए ।

Advertisement

एकतामार्फत देशव्यापी क्षत्रीको आवाज वर्गीय आरक्षणका स्थापित गर्दै जातीय आरक्षणको खारेजी माग गर्दै समुदायको विकासमा क्रियाशील हुने योजना रहेको संयुक्त खस क्षत्री नेपालका कार्यवहाक अध्यक्ष मधुकर थापाले बताए ।

देशभर छरिएका अन्य समाजलाई समेत एकतामा आउन आह्वानसहित समाजको निर्णयानुसार विधान मस्यौदा समाजको नाम, जिम्मेवारी बाँडफाँडलाई एकता महाधिवेशनमार्फत टुंग्याउने निर्णय भएको छ ।

Advertisement

एकता कार्यदल समतिका संयोजक एवं समाजका पूर्वअध्यक्ष प्राडा चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संयुक्त क्षत्रीका सहअध्यक्ष अर्जुनबहादुर अधिकारी, महासचिव रामबहादुर पाण्डे, समाजका महासचिव केशबहादुर केसी, उपाध्यक्ष कृष्णबहादुर थापा लगायतले एकताको भूमिका महत्वपूर्ण रहेको बताए ।

तपाईको प्रतिक्रिया