मर्यादित कामका लागि नेपाल ट्रेड युनियनकाे अभियान

समाधान संवाददाता २०७९ माघ १८ गते ११:०४

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले मर्यादित कामको लागि अभियान २०७९ सुरुवात गरेको छ ।

माघ, फागुन र चैत गरी ३ महिनासम्म चल्ने अभियानमा संगठन विस्तार, कमिटीलाई चलायमान गराउनेदेखि भेला प्रशिक्षण गर्ने जिफन्ट गण्डकी अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

उनले अभियान अन्तर्गत श्रमिकको न्यूनतम तलब सुविधा, ज्याला बढाउन पहल गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि पहल गर्ने बताए ।

Advertisement

अभियानको क्रममा पालिका स्तरमा श्रम डेस्क राख्न पहल गर्ने उनले उल्लेख गरे । जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन परिषद अध्यक्ष मीना गुरुङले उद्घाटन गरेको गण्डकी प्रदेश स्तरीय कार्ययोजना भेलाले अभियानका लागि संयोजक तोकेको छ ।

श्रमिक सूचिकरण योजनाको संयोजकमा लीलाबहादुर कार्की, तालिमेलाई तलब योजनाको संयोजक विष्णुबहादुर खत्री क्षत्री छन् ।

Advertisement

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको संयोजक तीर्थराज मगर, मर्यादित कामका लागि योजनाको संयोजक निराजनबहादुर सिंह छन् ।

मर्यादित कामका लागि अभियान २०७९ अन्तर्गतको प्रदेश स्तरीय कार्ययोजना भेलामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य सुमन गुरुङ, गण्डकी प्रदेश कमिटी सचिव राजेन्द्र पौडेल, श्रमिक नेताहरु ईश्वरप्रसाद आचार्य, बलराम पौडेल, नन्दलाल अधिकारी, चन्द्रप्रसाद गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया