गण्डकी विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष देवकोटाको बिदाइ

पोखरा ।
गण्डकी विश्वविद्यालयको न्यासिक परिषद अध्यक्ष डा दिनेशचन्द्र देवकोटाको बिदाइ गरिएको छ । नेकपा एमालेबाट बागमती प्रदेश सभा सदस्यका लागि समानुपातिक सूचीमा पर्नुअघि उनले राजीनामा गरेका थिए । उनी प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन् ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा मुस्ताङ चोकमा मंगलबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष देवकोटालाई बिदाइ गर्दै धन्यवाद ज्ञापन गरिएको हो । त्यस अवसरमा डा देवकोटाले आफू जहाँ रहे पनि गण्डकी विश्वविद्यालयको सहयोगी र शुभेच्छुक भइरहने प्रतिबद्धता जनाए ।
कुलपति प्राडा गणेशमान गुरुङ नेतृत्वको टिमको त्याग, समर्पण र इमान्दारीकै कारण विश्वविद्यालय गौरव गर्न लायक अवस्थामा आइपुग्न सफल भएको देवकोटाको भनाइ छ । कुलपति गुरुङले पनि न्यासिक परिषदको नेतृत्व गरी देवकोटाले विश्वविद्यालय सञ्चालनमा सहजीकरण गरेको स्मरण गरे ।
रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले डा देवकोटासँग काम गर्दा निकै खुलापन र सकारात्मक वातावरण पाएको अनुभव सुनाए । डा देवकोटा नैतिकताको सवालमा निकै संवेदनशील पाएको उनको भनाइ छ । प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले विश्वविद्यालयका लागि सरकारको तर्फ सधै साथ र सहयोग रहने बताए ।
उपकुलपति डा नवराज देवकोटाले कुलपति मुख्यमन्त्री नरही प्राज्ञिक कामको जिम्मेवारी प्राज्ञिक व्यक्तित्वलाई नै दिने गण्डकी विश्वविद्यालय नै नेपालको एकमात्रै विश्वविद्यालय रहेको बताए । न्यासिक परिषदका निवर्तमान अध्यक्ष डा देवकोटा प्राप्त जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने व्यक्तित्व भएको उपकुलपति देवकोटाले बताए ।
विश्वविद्यालयको जनशक्ति व्यवस्थापन समितिका संयोजक प्राडा विश्वकल्याण पराजुलीले डा देवकोटा बागमती प्रदेश सभा सदस्य भएसँगै अन्तरप्रदेश सहयोग आदानप्रदान गर्न पाइने अपेक्षा सुनाए । विश्वविद्यालयका सहप्रशासक डोलराज सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया