अमरज्योति आधारभूत विद्यालयको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ माघ १८ गते ११:१०

पोखरा ।
अमरज्योति आधारभूत विद्यालय, पोखरा १३ आर्बाको ४७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार भएको छ ।

वार्षिकोत्सवमा गण्डकी प्रदेश सरकारका कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ ‘श्याम’ले राज्यले शिक्षामा गरेको लगानी अनुरुप प्रतिफल पाउन नसकेको बताए ।

मन्त्री गुरुङले सरकारी विद्यालयहरुमा गरिएको लगानीको प्रतिफल लिन अब सरकारले थप नयाँ योजना बनाई अगाडि बढाउने बताए । उनले सोधे, ‘सबैभन्दा धेरै राज्यको लगानी शिक्षामा छ तर खै प्रतिफल ?’

Advertisement

मन्त्री गुरुङले कृषि उत्पादन बढाउन अब परम्परागत शैलीलाई त्यागेर आधुनिक र वैज्ञानिक ढंगबाट अगाडि बढ्नुपर्ने विचार राखे । आधुनिक कृषिमा लाग्ने कृषकलाई थप प्रोत्साहन गर्ने सरकारको योजना रहेको जानकारी उनले दिए ।

कार्यक्रममा नेकपा एसका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले विद्यालयहरुमा शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयमा शैक्षिक सुधारका कार्यक्रम अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।

Advertisement

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विमलबहादुर बरालले विद्यालयको वार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारी, वडा नं १३ की वडा सदस्य रजनी परियार, विद्यालयका निवर्तमान प्रधानाध्यापक कृष्णप्रसाद बराल, रतन पाण्डे मावि आर्बाका प्रधानाध्यापक डिल्लीराम बराल, आर्बाविजय माविका प्रधानाध्यापक पदमादेवी बराल, बास्थला गनगने खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति आर्बाका अध्यक्ष नरबहादुर बराल, विद्यालय व्यवस्थापन समिति सदस्य सरीता अधिकारी, शिक्षकहरु सोविता श्रेष्ठ र शान्ति परियार, विद्यार्थी शिशिर परियार लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदाता तथा अन्य सहयोगीलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया