गैंडाकोटमा टि २० क्रिकेट हुने

नवलपुर ।
गैँडाकोट नगरपालिकामा दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट–९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले संस्थाका नाममा खेल मैदानको जग्गा प्राप्ति मैदानको संरक्षणका लागि तटबन्धन लगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी रहेको बताए ।
नगर प्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने बताए । प्रतियोगिताले गैँडाकोटसहित देशभर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख अधिकारीले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट संघका अध्यक्षसमेत रहेका गैँडाकोट ९ का वडाध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय भएको बताए । उनले नेपाल क्रिकेट संघमा आबद्ध छिमेकी जिल्लालाई आधार बनाइ टोली छनोट गरिएको बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख तथा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, इमर्जिङ प्लेयरलाई ७ हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई जनही ५ हजार तथा हरेक दिन घोषित हुने म्यान अफ द म्याचलाई १ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी र चितवन गरी ८ टोलीको सहभागिता रहनेछ ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया