जिल्लास्तरीय वक्तृत्वकलामा मदरल्याण्ड प्रथम

पोखरा ।
दस जोड दुईमा आध्ययनरत विद्यार्थी लक्ष्य गरी पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा गठित काइन्डनेस क्लबले आयोजना गरेको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता विद्यालय प्रांगणमा एक समारोहबिच शुक्रबार सम्पन्न भएको छ ।
विशेष गरी विद्यालय तहका विद्यार्थीहरूमा दया, माया, करुणा, परोपकार र मैत्रीपूर्ण भावनाको विकास गर्ने उद्देश्यले स्थापित उक्त क्लबले समयसमयमा समुदायमा सहयोग पनि गर्दै आएको कुरा क्लबका परिकल्पनाकार एवम् अमेरिकाको शिक्षा क्षेत्रका अनुभवीद्वय दुर्गामाया एन्डर्सन र देव एन्डर्सनले सुनाए । मदरल्याण्डमा पाठ्यक्रम नै बनाएर काइन्डनेस कक्षाहरू पनि सञ्चालन गररेको कुरा व्यक्त गरे ।
नेपाली र अंग्रेजी दुबै भाषामा आयोजित उक्त प्रतियोगितामा मदरल्याण्ड माविकी छात्रा प्रशंसा बरालले प्रथम स्थान हात पार्न सफल भएकी छन् ।
द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः स्नोभ्यु बोर्डिङ स्कुल हेमजाकी सम्झना भण्डारी, विन्ध्यवासिनी मावि बाटुलेचौरका सुवास तामाङ र भानुभक्त मावि सिम्पानीका निराज क्षेत्री कार्कीले प्राप्त गर्न सफल भएका छन् ।
विजयी विद्यार्थीलाई विद्यालय निर्देशक त्रिभुवन शर्मा, प्रचार्य नारायण बराल, क्लबका परिकल्पनाकार लगायतले बधाईका साथ नगद, प्रमाणपत्र र ट्रफी पुरस्कार स्वरूप वितरण गरेको सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिए ।
काइन्डनेस क्लबका अध्यक्ष निश्चल बाँस्तोलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विनीत छन्त्यालले गरेका थिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया