प्रतिभा माविमा पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम

समाधान संवाददाता २०७९ माघ २९ गते १५:४८

पोखरा ।
पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक वर्षको पुरस्कार वितरण कार्यक्रम शुक्रबार गरेको हो ।

सो अवसरमा ट्यालेन्ट सो तथा अनुशासनमा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका विभिन्न तहका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षाका लागि सदैव प्रतिबद्ध भएको बताए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयको आगामी शैक्षिक गतिविधि तथा कार्यक्रमबारे प्रकाश पारेका थिए ।

Advertisement

कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य प्रदीप खनाल, शिक्षकहरु प्रकाश अधिकारी, पद्मा पराजुली, अनिता गुरुङ, भगवती सुबेदी तथा विद्यार्थीहरु जस्विना मल्ल, सेरिना खत्री, सम्पूर्ण पौडेल र स्वीकृति ताम्राकारले गरेका थिए ।

स्वागत मन्तव्य विद्यालयको तर्फबाट सहप्राचार्य बुद्धिमोहन पौडेल र विद्यार्थीको तर्फबाट जस्विना मल्लले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया