युनाइटेड क्लब अमरसिंहको सहयोग

समाधान संवाददाता २०७९ माघ २९ गते १६:२४

पोखरा ।
कालिका माध्यमिक विद्यालयका सुसना थापा मगरलाई युनाइटेड क्लब अमरसिंहका अध्यक्ष राजु श्रेष्ठले सहयोग प्रदान गरेका छन् । श्रेष्ठले १ वर्षको शैक्षिक शुुल्क विद्यालयका प्रध्यानाध्यापक बलराम गिरीलाई हस्तान्तरण गरेका हुन् ।

कुनै पनि बालबालिका आर्थिकका कारण शिक्षाबाट बन्चित हुन नपरोस् भनेर सहयोग गरेको श्रेष्ठको भनाइ छ । क्लबले सामाजिक काम गर्दै आइरहेको तथा बालबालिकालाई शैक्षिक सहयोग गर्दै आएको उनले बताए । आगामी दिनमा पनि क्लब तथा व्यक्तिगततर्फबाट सहयोग गर्ने उद्घोष गरे ।

प्रध्यानाध्यापक गिरीले क्लबले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रसंशा गर्दै धन्यवाद दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया