वीर आधारभूत विद्यालयले स्वर्ण जयन्ती मनाउने

समाधान संवाददाता २०७९ माघ २९ गते १६:२७

पोखरा ।
रिठेपानीमा रहेको वीर आधारभूत विद्यालयले स्वर्ण जयन्ती मनाउने भएको छ । विद्यालयले आगामी फाल्गुन ७ गते विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउन लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

स्थापनाको ५० वर्ष पुगेको अवसरमा गत माघ ३ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. इन्द्रबहादुर गुरुङको अध्यक्षतामा बसेको स्थानीय वुद्धिजीवी सहित सरोकारवालाहरुको भेलाले ७१ सदस्यीय मूल आयोजक समिति गठन गरी काम अगाडि बढाएको छ ।

विद्यालय स्थापना भएको ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण जयन्तीलाई महोत्सवकै रुपमा मनाउन र कार्यक्रमहरु सफल बनाउन स्थानीय सबैले सक्दो सहयोग गर्ने र विद्यालय परिसरमा स्वर्णद्वारको निर्माण गर्ने निर्णय आमभेलाले नै गरिसकेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

Advertisement

महोत्सव सम्पन्न गर्न भौतिक निर्माण बाहेक करीब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र अर्थ संकलनका लागि ५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने चन्दादाताको नाम शिलामा लेखिने व्यवस्था गरिएको अध्यक्ष क्या. गुरुङले जानकारी दिए ।

आगामी फागुन ७ गते स्वर्ण महोत्सव मनाउने सम्बन्धमा मूल आयोजक समिति सहित विभिन्न ९ उपसमितिहरु गठन भएका छन् । मूल आयोजक समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. इन्द्रबहादुर गुरुङ, सह संयोजक शिक्षक अभिभावक संघका अध्यक्ष तिलकसिंह गुरुङ, सचिव प्रअ हेमचन्द्र अधिकारी छन् ।

Advertisement

९ सदस्यीय अर्थ संकलन समिति संयोजकमा क्या. गणेशप्रसाद गुरुङ छन् । शिक्षक रमेशराज सुवेदी संयोजक तथा विष्णुहरि पौडेल, महेन्द्रजंग गुरुङ, अनिल गुरुङ र भोजबहादुर गुरुङ सदस्य रहेको प्रचार प्रसार समितिले आप्mनो काम अगाडि बढाइसकेको छ ।

स्वर्ण जयन्तीका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने लक्ष्य राखिएको छ । स्मारिका प्रकाशन एवम् अभिलेख संकलनको संयोजकमा प्रअ हेमचन्द्र अधिकारी, सदस्यहरुमा विष्णुहरि पौडेल, सुमे जगबहादुर गुरुङ, तारादेवी गुरुङ, देवी खड्का र क्या. धनबहादुर गुरुङ छन् ।

शिक्षक विन्दु सुवेदीको संयोजकत्वमा अतिथि सत्कार एवं सम्मान उपसमिति गठन गरिएको छ । साँस्कृतिक कार्यक्रमको संयोजकमा शिक्षक मानकुमारी पराजुली, जलपान संयोजकमा शिक्षक अभिभावक संघका अध्यक्ष तिलकसिंह गुरुङ, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा राङजिङ स्टार युवा क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङ, सल्लाहकारहरुको संयोजकमा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ रहेको जानकारी दिइयो ।

सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ । विद्यार्थीहरुलाई खेलकुद लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएको र अभिलेख संकलन भइरहेको प्रअ हेमचन्द्र अधिकारीले बताए ।

२०२९ सालमा रिठेपानी क्षेत्रका शिक्षाप्रेमी एवं समाजसेवीहरुको पहलमा वीर प्राविको नामबाट तत्कालीन अर्घौं ३ किपटमा स्याउलाको झुप्रोबाट स्थापना गरी स्थानीय भक्तबहादुर गुरुङलाई सहयोगी शिक्षक नियुक्त गरिएको यो विद्यालय हाल बाल कक्षादेखि आठसम्म सञ्चालित छ । विद्यालयमा १६९ विद्यार्थी छन् । १० जना शिक्षक र १ कर्मचारी छन् ।

तपाईको प्रतिक्रिया