बालविद्या स्कुलमा साँस्कृतिक कार्यक्रम

समाधान संवाददाता २०७९ फागुन २ गते ११:३३

पोखरा ।
पोखरा १३ कुँडहर स्थित बालविद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलमा पिटी डिस्प्ले तथा विविध सांस्कृतिक कार्यक्रम भएको छ ।

कार्यक्रममा गण्डकी खेलकुद परिषद्का संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङले बालविद्याले अन्यले भन्दा केही फरक शैलीमा आफ्ना अतिरिक्त क्रियाकलाप गरिरहेको र विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटनमा विशेष जोड दिएको बताए ।

विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि विद्यालयले पठनपाठनका अतिरिक्त खेलकुदलाई पनि उत्तिकै महत्व दिँदै आएको विद्यालयका निर्देशक राम गुरुङले बताए ।

Advertisement

विद्यालय निर्देशक राम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य निर्देशक साथै पिटी संयोजक बिराज थापामगर, संगीत संयोजक भरत सुनार, विवश खाती, कमल गुरुङ, शिक्षक लक्ष्मी थापा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया