कञ्चनजंघा स्कुलमा नेपाली हिज्जे

समाधान संवाददाता २०७९ फागुन ४ गते १६:१७

पोखरा ।
पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा मंगलबार आधारभूत तह स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता भएको छ ।

कार्यक्रममा हरियो सदनका एरिका गुरुङ, सम्मान कार्की, सम्रता गुरुङ र सुशान गुरुङको समूह प्रथम र पहेँलो सदनका रुपेश यादव, जोस्ना गुरुङ, सुशील विक र जोस्ना गुरुङ को समूह द्वितीय भएको छ ।

हिज्जे मास्टरमा नेपाली विषय विभागीय प्रमुख सावित्री शर्मा र शिक्षक सुरेन्द्र सदिच्छा थिए । समय पालक शिक्षक लक्ष्मण बास्तोला र स्कोररमा शिक्षक अमृत जिसी थिए ।

Advertisement

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमाम विद्यालय सञ्चालक समिति अध्यक्ष लक्ष्मीदेवी गुरुङले विजयी विद्यार्थीलाई बधाई गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया