वीर आधारभूत विद्यालयको स्वर्ण जयन्ती

समाधान संवाददाता २०७९ फागुन ८ गते १२:१४

लेखनाथ ।
पोखरा २७ रिठेपानीमा रहेको वीर आधारभूत विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिक्षामा सरकारले ठूलो लगानी गरे पनि लगानी अनुसारको प्रतिफल प्राप्त नभएको जनाए । उनले सामुदायिक र संस्थागत विद्यालयका राम्रा शैक्षिक अभ्यास अनुसरण गर्दै शिक्षा क्षेत्रमा नयाँ कदम चाल्नुपर्नेमा जोड दिए ।

विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले अभिभावक, शिक्षक र विद्यार्थीको उचित समन्वयमा मात्रै विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्ने धारणा राखे । हिसान कास्की अध्यक्ष यमबहादुर रोक्काले शिक्षक विद्यार्थीको भविष्य निर्माणकर्ता भएकाले शिक्षकमा कार्यदक्षता जरुरी हुने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्या. ईन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हेमचन्द्र अधिकारीले स्कुलका भावी योजना प्रस्तुत गरेका थिए ।

Advertisement

कार्यक्रममा वडा शिक्षा समिति पोखरा २७ का सदस्य चतुराखर अधिकारी, कांग्रेस नेता राजेन्द्रमणि लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका अधिकारी, छिमेकी विद्यालयको तर्फबाट विष्णुहरि पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु जगबहादुर गुरुङ, धनबहादुर गुरुङ, नेपाली कांगे्रस वडा नंं २७ का सभापति नारायणमणि लामिछाने, नेकपा एमाले वडा नंं २७ का अध्यक्ष सूर्यमणि लामिछाने, नेकपा माओवादीका गोविन्दराज वाग्ले लगायतले बोलेका थिए ।

विद्यालयको स्थापना कालदेखि हालसम्म विभिन्न ओहोदामा रहेर विद्यालयलाई सहयोग गर्नेहरु समारोहमा सम्मानित भए । विसं २०२९ मा वीर प्राविको नामबाट तत्कालीन अर्घौं ३ किपटमा स्याउलाको झुप्रोबाट यो स्कुल सुरु भएको थियो । विद्यालयमा हाल १ सय ६९ विद्यार्थी, १० शिक्षक र १ कर्मचारी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया