स्वर्ण महोत्सव तयारीमा हिमालय मावि

समाधान संवाददाता २०७९ फागुन ८ गते १३:११

पोखरा ।
पोखरा २० मौजा स्थित हिमालय माध्यमिक विद्यालयले स्वर्ण महोत्सव विविध कार्यक्रममा साथ मनाउँदै छ । २०२८ सालमा स्थापना भएको यो विद्यालयले यही फागुन ९, १० र ११ गते विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक हुमबहादुर गुरुङले जानकारी दिए।

फागुन ९ गते उद्घाटन, विविधता झल्कने स्थानीय झाँकी प्रदर्शन, बिभिन्न जातजातिका भेषभूषासहित साँस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी लगायत हुने छन् । दोस्रो दिन अर्थात् फागुन १० गते राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारले साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत राख्ने छन् ।

फागुन ११ गते अन्तिम दिन समापन लगायत मनोरञ्जनात्क कार्यक्रम, पुरस्कार वितरण, सम्मान लगायतका कार्यक्रम तय छन् । महोत्सवका लागि आर्थिक संकलन अभियान चलाएको विद्यालयका प्रधानाध्यापक एवं स्वर्ण महोत्सव मूल आयोजक समितिका सदस्य सचिव मणिराज परियारले बताए ।

Advertisement

अब दश जोड दुई कक्षा सञ्चालन गर्ने गरी सम्भाव्यता अध्ययन गर्ने, पशु विज्ञानका कक्षा चलाउने योजना छ । स्कुलमा करिब १ सय विद्यार्थी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया