तनाव व्यवस्थापनबारे वक्तृत्वकला

समाधान संवाददाता २०७९ फागुन १२ गते ११:१२

पोखरा ।
कोसिस नेपाल र सिद्ध मध्यामिक विद्यालय पोखरा १५ फलेपाटनको संयुक्त आयोजनामा विद्यार्थीलाई तनाव व्यवस्थापनबारे वक्तृत्वकला प्रतियोगिता भएको छ । बुधबार भएको प्रतियोगितामा कक्षा ९ र १० का ७० जना विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा कक्षा १० की मिनाक्षी विक प्रथम, कक्षा ९ की मनिसा विक द्वितीय र कक्षा १० कै अनिसा राईभाटले तृतीय भए । उनीहरुलाई प्रधानाध्यापक गुरुदत्त कोइरालाले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

सहभागी मिनाक्षी विकले भनिन्, ‘तनाव भएको बेला बढी जसो आफ्नो मन मिल्ने साथीसँंग सुनाएर मन हल्का गछौं ।’

Advertisement

त्यसबाहेक ध्यान गर्ने, संगीत सुन्ने, मन मिल्ने साथीलाई मनका भावना सुनाएको उनले बताइन् । आफ्नो पढाइमा ध्यान दिने, आफूलाई स—साना काममा व्यस्थ गर्न पनि विद्यार्थीका तनाव घटाउन सने मिनाक्षीले सुनाइन् ।

विद्यार्थीमा मोटिभेसनल कार्यक्रम अन्र्तगत मनोसामाजिक र मानसिक स्वास्थ्य प्रवद्र्धनमा विद्यार्थीमा निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका कार्यक्रम गर्दै आएको कोशिशका पैरवी तथा अभियान अधिकृत सम्झना पौडेलले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया