कञ्चनजंघा स्कुलमा बिदाइ

समाधान संवाददाता २०७९ फागुन २३ गते १३:२३

पोखरा ।
पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलले आइतबार आफ्नो १२ औँ एसइई ब्याचलाई एक कार्यक्रमको आयोजना गरी बिदाइ तथा शुभकामना प्रदान गरेको छ । विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले विद्यार्थीलाई उच्चतम सफलताका लागि शुभकामना व्यक्त गरे ।

हरेक गल्तीबाट परिस्कृत हुँदै सफलतालाई पछ्याउन उनले सुझाव दिए । बिदाइ भएर जाने विद्यार्थीका तर्फबाट अस्वीन गुरुङले धन्यवाद मन्तव्य व्यक्त गरे ।

विद्यालय निर्देशक श्रीजंग गुरुङले ‘भौतिक रूपमा टाढा भए पनि हाम्रो आशीर्वाद सदा विद्यार्थीकै शिरमा रहने’ विश्वास दिलाए । त्यस अवसरमा कक्षा ९ का विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

Advertisement

कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रम कक्षा ९ कै छात्र कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा छात्रा सृष्टि खत्रीले स्वागत् मन्तव्य राखेकी थिइन् ।

विद्यालयको तर्फबाट बिदाइ भएर जाने विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कक्षा १० का विद्यार्थीले पनि विद्यालयलाई उपहार प्रदान गरेका थिए । छात्राहरू रिनाशा शर्मा, रोशनी गुरुङ र दीक्षिता गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया