फेवा पब्लिक स्कुलको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ फागुन २६ गते ११:२४

पोखरा ।
पोखराको गणेशटोलमा अवस्थित फेवा पब्लिक स्कुलको १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार भएको छ ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले कुनै एक बिषयको ज्ञानले मात्र सफलता मिल्न कठिनाई हुने बताउँदै विद्यार्थी राष्ट्रनिर्माण र परिवर्तनको संवाहक भएको बताए ।

प्याब्सन कास्की अध्यक्ष मथुरा पौडेलले विद्यार्थीको शैक्षिक गुणस्तरीयप्रति ध्यान दिन विद्यालयसँगै अभिभावकको पनि उत्तिकै दायित्व रहेको जनाए । नेपाली कांग्रेसका नेता राम शर्मा पौडेलले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीलाई व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।

Advertisement

समारोहमा पृथ्वी क्याम्पसका नेपाली विभागीय प्रमुख डा बाबुराम अधिकारी, पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुली, पूर्व कर्मचारी किरणराज तिवारी, पत्रकार रमेश पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रम विद्यालय सञ्चालक समिति अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । समारोहमा स्कुलका प्राचार्य अच्यूत पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा पुरस्कार वितरण, विद्यार्थीहरुले तयार पारेका सांस्कृतिक प्रस्तुति, प्रहर्सनका साथै विज्ञान प्रदर्शनीसमेत भएका थिए ।

Advertisement

वार्षिकोत्सवमा स्कुलले विद्यालयमा विभिन्न तहमा कार्यरत शिक्षक एवं संस्थापकलाई सम्मानसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया