बड्स एकेडेमीमा पुरस्कार वितरण

समाधान संवाददाता २०७९ फागुन २९ गते ११:२५

पोखरा ।
पोखरा ६ बैदाम स्थित बड्स एकेडेमीले शुक्रबार विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण गरेको छ । कार्यक्रममा स्पोर्टस् मिट २०७९, साप्ताहिक कार्यक्रम, शैक्षिक पुरस्कार, एसइई ब्याच २०७८ का लागि सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य प्रकाशराज वाग्लेले सम्पूर्ण विद्यार्थीको क्षमता र प्रतिभालाई कदर गर्दै विविध विधामा धेरै विद्यार्थीलाई पुरस्कार वितरण गर्न पाउँदा खुसी व्यक्त गरे । कार्यक्रममा समाजसेवी नरेन्द्रमान लालचनले विद्यार्थी नै भविष्यका इन्जिनियर, पाइलट, डाक्टर, शिक्षक तथा समाज परिवर्तनका खम्बा भएकाले समयसापेक्ष शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष मेहरमान श्रेष्ठले यस विद्यालयमा प्राचार्य प्रकाशराज वाग्लेको आगमनपश्चात विद्यालयका हरेक गतिविधिमा परिवर्तनसँग गुणस्तरमा वृद्धि भएको र विद्यार्थीलाई थप हौषला बढाउने हेतुले कक्षा ८ मा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद ५ हजार र एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद १५ हजार पुरस्कार दिइने जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया