गोरखामा दूध बोकेको गाडी पल्टिँदा आठजना घाइते

समाधान संवाददाता २०७९ फागुन २९ गते १५:०५

पोखरा ।
गोरखा सदरमुकामस्थित बिसौनीमोडमा सवारी दुर्घटना हुँदा आठजना घाइते भएका छन् । सोमबार दिउँसो १ बजे बिसौनीमोडमा दूध बोक्ने गाडी पल्टिँदा ६ पुरुष र दुई महिला गरी आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश नं. ३ को ०१–००३–६१७० नम्बर दूध बोक्ने गाडी पल्टिएको हो । दूध बोक्ने गाडी पैदयात्रीलाई समेत ठक्कर दिएर तल पल्टिएको थियाे । सोही गाडीले बा.८६प १७८६ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । सवारी दुर्घटनाबाट घाइते भएका आठजनाको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया