प्रतिभा माविमा दन्त परीक्षण

समाधान संवाददाता २०७९ फागुन ३० गते १७:५२

पोखरा ।
पोखराको पालिखे चोकमा रहेको प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर भएको छ ।

मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको निशुल्क दन्त शिविरमा विद्यालयका ४ सय १५ जना विद्यार्थीले दन्त परीक्षण गरेका छन् ।
शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दातको परीक्षण गरेका थिए ।

परीक्षणमा जटिल समस्या देखिएकाहरुलाई अस्पताल रिफर गरिएको छ ।

Advertisement


कार्यक्रममा स्वास्थ्य परीक्षण गर्ने आउने बिरामीलाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका बिरामीहरुमा जटिल समस्या देखिएमा शिविरको बिरामी पुर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त बिरामीलाई छुट ब्यवस्था गरेको अस्पतालले जनाएको छ ।


अस्पतालले विभिन्न संघसंस्थाहरुको समन्वयमा वर्षमा सय स्वास्थ्य शिविर गर्ने योजाना अन्तर्गत प्रतिभा स्कुलमा ११औ कार्यक्रम गरिएको अस्पतालका सहायक बजार व्यवस्थापक खिमबहादुर लामिछानेले बताए ।

Advertisement


स्कुलका विद्यार्थी र शिक्षकहरूको मौखिक स्वास्थ्य सुधार गर्ने शिविरले सहयोग पुर्‍याउन व्यवस्थापक लामिछानेले जानकारी दिए । शिविरले मौखिक स्वास्थ्यको बारेमा चेतना जगाउने मात्रै नभएर समुदायको समग्र कल्याणमा पनि योगदान हुने लामिछानेको भनाइ छ ।

तपाईको प्रतिक्रिया