
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको निर्माणाधीन भवनको काम सोमबारसम्म ९५ प्रतिशत सकिएको छ ।
बेनी–जोमसोम मुख्य सडक मार्गको पश्चिमतर्फ गाउँपालिकाको ३ तले प्रशासकीय भवन बन्दै छ । २०७७/०७८ मा गाउँपालिकाले भवन बनाउन सुरु गरेको थियो । चालु वर्षको भदौमा सम्झौता अवधि सकिएकाले फिनिसिङका केही काम गर्ने गरी म्याद थपको प्रक्रिया जारी छ ।
संघीय तथा प्रदेश सरकारको ६० प्रतिशत अनुदान र स्थानीय तहको ४० प्रतिशत बजेट साझेदारीमा प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकाले काम सुरु गरेको गापाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए ।
गाउँपालिकाले ७ करोड ५९ लाख ८५ हजार लागतमा डाँफे हरि सन्त जेभी मुस्ताङसँग ठेक्का सम्झौता गरी भवन निर्माणको कामअघि बढाएको हो । भवनको केही रंगरोगनसहित फिनिसिङको काम बाँकी रहेकाले केही महिनाभित्रै भवन निर्माणका सबै काम सकिने इन्जिनियर शर्माले उल्लेख गरे ।
यो प्रशासकीय भवनमा ३२ कोठा छन् । जसमा अध्यक्ष, उपाध्यक्षका कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समिति कार्यकक्ष, सभाहल, कार्यालय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गत सबै बिषयगत शाखाका अलग अलग कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय छन् ।
गाउँपालिकाको यो भवन मुस्ताङकै नमुना प्रशासकीय भवन भएको दाबी गरिएको छ । आर्कषण डिजाइ रहेको यो भवनले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई समेत आकर्षित गर्ने बताइन्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया