शुक्रराज विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा यज्ञेश्वर

समाधान संवाददाता २०७९ चैत ९ गते १३:१६

पोखरा ।
पोखरा १४ मा रहेको शुक्रराज बलभद्र मावि व्यवस्थापन समितिको अध्यक्षमा यज्ञेश्वर पोखरेल निर्वाचित भएका छन् । स्कुल व्यवस्थापन समितिको बुधबार भएको बैठकबाट पोखरेल निर्वाचित भएका हुन् । समितिका सदस्य डिलमाया सुवेदी गुरुङ, डिलमाया हमाल, विष्णु नेपाली, तिलक लम्साल, डिलमाया गुरुङ (वडा सदस्य) र गजेन्द्र शेरचन छन् ।

समितिमा शिक्षक प्रतिनिधि ईश्वर गुरुङ र प्रधानाध्यापक नारायणप्रसाद भण्डारी सदस्य सचिव छन् । नवनिर्वाचित अध्यक्ष पोखरेलले विद्यालयका शिक्षकसँग सरसल्लाह गरी शैक्षिक गतिविधिलाई सुधारर्दै लैजाने बताए । उनले विद्यार्थीको पठनपाठनसँगै विद्यालयको भौतिक विकासमा समेत जोड दिइने जनाउ ।

विद्यालयका प्रधानाध्यापक भण्डारीले शैक्षिक गुणस्तरका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । शुक्रराजमा ४ सय ५० विद्यार्थी संख्या छन् । यहाँ नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया