सामुदायिक वन मादीमा सिर्जना

समाधान संवाददाता २०७९ चैत १३ गते १२:०५

पोखरा ।
सामुदायिक वन उपभोक्ता महासंघ मादी गाउँपालिकाको दोस्रो अधिवेशनले सिर्जना अर्याल पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बृहस्पति सापकोटा, सचिव विजयराज अधिकारी, कोषाध्यक्षमा कृष्णकुमारी सुवेदी आचार्य र सदस्यमा मीनाकुमारी अधिकारी, लक्ष्मी अधिकारी, धनकुमारी पट्यानी, अप्सरा देवकोटा,राम पौडेल र खडकबहादुर आले चुनिए ।

अधिवेशनले गण्डकी प्रदेश प्रतिनिधिमा हिमलाल आचार्य, विष्णुप्रसाद गौतम, रामचन्द्र अधिकारी, बुद्धिसागर सापकोटा, गोमा गुरुङ, कमला सापकोटा, शान्ति रानाभाट र वुद्धिमाया बराल सापकोटालाई चुनेको छ ।

वमबहादुर क्षेत्री, ईन्द्रबहादुर खत्री, हरिप्रसाद सापकोटा, विष्णुकुमारी पौडेल, शान्ति सापकोटा र पवित्रा गौतम जिल्ला प्रतिनिधि चयन भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवं कास्की समन्वय समितिका उपप्रमुख सरिता कुमालले महिला नेतृत्व विकासमा सामुदायिक वन वरदान साबित भएको बताइन् ।

Advertisement

महासंघका केन्द्रीय सदस्य हरि बास्तोलाले नेपाल सगरमाथा र बुद्ध जन्मभूमिसँगै पछिल्लो समय सामुदायिक वनको देशको रुपमा विश्वसामु परिचित हुन सफल भएको उल्लेख गरे । महासंघ गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले कानुनी अडचनका कारण सामुदायिक वन समूहमा काठ कुहिने र विदेशबाट खर्बाैको काठ आयात हुँदा मुलुकमा हरित रोजगारी सिर्जना हुन नसकेको औंल्याए ।

मादी गाउँपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्णराज दाहालले वन समूह र पालिकाको सहकार्यमा वनलाई आयआर्जनको माध्यम बनाउनुको विकल्प नभएको विचार राखे ।

Advertisement

स्थानीय महासंघका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कास्की अध्यक्ष विश्वनाथ लामिछाने, सचिव सिर्जना पौडेल लगायतले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया