तनहुँ १ मा आज उमेद्वारी दर्ता गर्दै दलहरु

समाधान संवाददाता २०७९ चैत २० गते ११:०९

पाेखरा ।

बैशाख १० गते हुन गैरहेकेा उप निर्बाचनका लागि तनहुँ जिल्लाकाे क्षेत्र नम्बर १ मा आज मनाेनयन पत्र दर्ता गरिदैछ । याे चुनावमा यस पटक त्रिपक्षीय भिडन्तकाे आँकलन गरिएकाे छ । निर्बाचन समितिकाे कार्यलयमा मनाेनय पत्र दर्ता सुरु भएकाे छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल राष्ट्रपति निर्बाचित भएपछि रिक्त भएकाे साे क्षेत्रबाट सत्ता गठबन्धनकाे तर्फबाट गाेविन्द भट्टराईले मनाेनयन पत्र दर्ता गर्दैछन् भने आम निर्बाचनमा निकटतम प्रतिद्वन्दी बनेकाे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट सर्बेन्द्र खनालले उमेदवारी दर्ता गर्दैछन् ।

Advertisement

आम निर्बाचनमा यी दुई दलबीच मुख्यप्रतिस्प्रधा भएकाे भएपनि यस पटक राष्टिय स्वतन्त्र पार्टीले कांग्रेसै युवा नेता एवं‌ अर्थशास्त्री स्वर्णिम वाग्लेलाई पार्टी प्रवेश गराएर टिकट दिएकाे छ । वाग्लेले पनि आजै मनाेनयन दर्ता गर्दै छन् । वाग्ले चुनावी मैदानमा आएपछि भिडन्त त्रिपक्षीय हुने आँकलन गरिएकाे छ ।

यस्तै आजै अन्य दलका प्रतिनिधि र स्वतन्त्र उमेद्वारहरुले पनि मनाेनयन पत्र दर्ता गर्दै छन् । यसै गरी चितवन र बाराकाे उपनिर्बाचनका लागि पनि आजै मनाेनयन पत्र दर्ता भैरहेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया