मुस्ताङ अस्पतालका मेसु तिवारीसहित ७ जना स्वास्थ्यकर्मी सम्मानित

समाधान संवाददाता २०७९ चैत २२ गते १८:४८
मुस्ताङ जिल्ला अस्पतालका सम्मानित स्वास्थ्यकर्मीहरु । तस्विर :सुन्दरकुमार थकाली ।

जोमसोम–मुस्ताङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सम्मानित भएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा स्थित मार्फा फलफुल तथा तरकारी प्रशोधन उद्योगले मुस्ताङ अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन डा. विशाल तिवारीुहित ७ जना स्वास्थ्यकर्मीलाई बुधबार एक समारोहबीच सम्मान गरिएको हो ।

मुस्ताङ अस्पतालको स्तरवृद्धि, प्रसुती शल्यक्रियाको स्थापना तथा गर्भवती महिलाहरुको सुरक्षित प्रसुती गराउन स्वास्थ्यकमीैहरुले महत्वपूर्ण योगदान पू¥याएको भन्दै मार्फा फलफुल तथा तरकारी प्रशोधन उद्योगले मेसु तिवारीसहित अस्पतालमा कार्यरत एमडिजीपी डा. मुखिया घले,मेडिकल अधिकृत डा. कृष्ण भरखेर,डा. तेजेश कुमार,शिशिर पौडेल, एमडिजीपी डां कुन्दन कुर्ण,स्टाप नर्स कल्पना बस्याल,अहेब कौशिला चौरासिया र कार्यालय सहयोगी सनिलाल परियार लगायतलाई सम्मान गरेको हो ।
विगत एक दशकदेखि मुस्ताङमा उत्पादित कृषिजन्य उत्पादनको प्रशोधन तथा विक्रि वितरण र बजारिकण गरी उद्योग प्रर्वद्धनमा महत्वपूर्ण योगदान पू¥याउँदै आईरहेको मार्फा फलफुल तथा तरकारी प्रशोधन उद्योगले स्वास्थ्य सेवालाई फराकिलो र सेवामैत्री बनाउन स्वास्थ्यकर्मीको हौसला स्वरुप सम्मान कार्यक्रम आयोजना गरेको हो । उद्योगकी संञ्चालिका एवं मुस्ताङकी वरिष्ठ महिला उद्यमी सुकुन रसाईलीले स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्ने अवसर पाउँदा गौरान्वित भएको बताईन् । उद्योगका माध्यमबाट आफु धेरै संघसंस्थाबाट सम्मानित भईसकेको र अन्य क्षेत्रलाई पनि सम्मान गर्न सके उनीहरुका काम पनि नयाँ उर्जा थपिने विश्वाशले आफ्नो उद्योगले स्वास्थ्यकर्मीलाई सम्मान गरेको बताईन् ।

दश वर्षअघि आफ्नो वैदेशिक रोजगारको क्रममा विदेश पलायन भएका श्रीमानलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाल झिकाएकी सुकुनले उद्योग स्थापित गरेर मुस्ताङको नमूना महिला उद्यमीको रुपमा स्थापित भएकी छिन् । उद्योगको माध्यमबाट नीजि व्यापार व्यवसाय संञ्चालन गरेकी उनी अहिले मुस्ताङका महिलाकर्मीहरु माझ नमूना महिला उद्यमीको रुपमा परिचित छिन् । उनले मुस्ताङमा रहेर यहाँ उत्पादन हुँने फलफुलहरुको प्रशोधन गरी विभिन्न प्रोडक्ट निर्माण गर्ने गरेकी छिन् । उद्योग मात्र होईन उनले आफुले तयार पारेको सामाग्रीहरु देशका विभिन्न मेला महोत्सवमा स्टल राखेर मुस्ताङको उत्पादनलाई स्वदेश तथा विदेशमा चिनाउन तल्लिन छिन् ।

Advertisement

जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले सुकुन रसाईली मुस्ताङको उद्योग प्रर्वद्धनमा उदाहरणीय पात्र भएको बताईन् । उनले एक नीजि व्यवसाय गरेको संस्थाले सरकारी निकायको स्वास्थ्यक्षेत्रमा लागेका स्वास्थ्यकर्मीलाई हौसला र प्रेरणा दिन गर्वको बिषय भएको उल्लेख गरिन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जिल्लाले चिन्न नसकेको र राष्ट्रले चिन्न नसकेको व्यक्तिहरुलाई एक उद्योगले सम्मान गर्दा आफुहरु लज्जित भएको बताए । नागरिकका स्वास्थ्य रक्षाका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मी जिल्लाकै लागि अमुल्य सम्पती भएको उल्लेख गर्दै अध्यक्ष लालचनले स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीको योगदानका लागि स्थानीय तहले अबको दिनमा सकारात्मक केही नीति अख्तियार गर्ने जनाए ।
मुस्ताङ अस्पतालका मेडिकल सुपरिटेन्डन एवं सम्मानित व्यक्तित्व डा. विशाल तिवारीले मुस्ताङ अस्पतालको स्तरवृद्धि र न्यूनतम सेवाका लागि आफुहरुको टिम निरन्तर लागि परेको बताए । मुस्ताङ अस्पतालमा गत वर्ष शल्यक्रिया अप्रेसन स्थापना भई चालु वर्षको भदौदेखि प्रसुती तथा अन्य सामान्य अप्रेसनका सेवा संञ्चालनमा आउन सकेको जानकारी दिए । भदौंदेखि हालसम्म ४ वटा प्रसुतीको सफल शल्यक्रिया सफल भईसकेको र यसले यहाँका आर्थिक अभावमा पिल्सिएका र विपन्न समुदायलाई ठुलो राहत पुगेको उनले सुनाए ।
यसअघि स्वास्थ्यकर्मी सम्मान कार्यक्रमको जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङले उद्घाटन गरेकी थिईन् ।सम्मान कार्यक्रममा मुस्ताङका सहायक प्रजिअ मुस्ताङ चन्द्रकान्त बस्नेतसहित जिल्लाका विभिन्न राजनितिक पार्टीका प्रतिनिधि,नागरिक समाज र संघसंस्थाका प्रतिनिधिहरुले फलफुल तथा प्रशोधन उद्योग र स्वास्थकर्मीहरुलाई बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए ।

स्वास्थ्यकर्मी सम्मान कार्यक्रमले उद्योग प्रर्वद्धनमा महिला सहभागीलाई महत्वपूर्ण सन्देश प्रवाह गरेको छ भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई आफ्नो पेशामा निष्ठापूर्वक समर्पित भएर लाग्ने प्रेरण मिलेको छ । मुस्ताङ अस्पतालमा अहिले अक्सिजन प्लानसहितको सुविधा छ भने अस्पतालको आफ्नै फार्मेसी छ । चालु वर्ष अस्पतालले शल्यक्रिया संञ्चालनमा ल्याएको छ भने अस्पताललाई स्वास्थ्यमैत्री र वातावरणमैत्री बनाउन अग्रसर छ । पछिल्लो समय मुस्ताङ अस्पतालले आर्थिक अभावमा उपचार पाउँनबाट बञ्चित हुन नपरोस भन्ने हेतुले गण्डकी प्रदेश सरकारको सहयोगमा बाह्र समुहका लक्षित बर्गलाई सेवा पू¥याउन सामाजिक सेवा ईकाई (एसएसयु) सेवा संञ्चालनमा ल्याएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया