ज्येष्ठ नागरिक समाज भलाममा लोकबहादुर
पोखरा ।
ज्येष्ठ नागरिक समाज भलामको पहिलो अधिवेशनले तदर्थ समितिलाई नै निरन्तरता दिएको छ । समाजको अध्यक्षमा लोकबहादुर खत्री, उपाध्यक्ष कृष्णबहादुर कार्की, सचिव गणेशबहादुर खत्री र कोषाध्यक्ष गोविन्दप्रसाद बास्ताकोटी छन् ।
शुक्रबार भएको अधिवेशनबाट सदस्यमा विष्णुबहादुर खत्री, शम्शेर केसी, लक्ष्मी कार्की, सरस्वती गौतम र गीता खत्री चुनिए ।
समितिको कार्यकाल ३ वर्ष छ । कार्यक्रममा पोखरा २० का वडाध्यक्ष गंगाबहादुर खत्रीले वडाको विकासका लागि सबैसँग सहकार्य गरी योजनावद्ध रुपमा काम भइरहेको बताए । उनले ज्येष्ठ नागरिकको सहज जीवनयापन, उपचार र सुरक्षाका लागि स्थानीय सरकार, समाज र सबै नागरिकको भूमिका रहनुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष लोकबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पण्डित श्रीकान्त सुवेदीले पनि बोलेका थिए । नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा ८० वर्ष पुगेका १५ ज्येष्ठ नागरिक सम्मानित भएका थिए । भलाममा यो समाज गठनका लागि महेन्द्रराज पौडेलले विशेष भूमिका निर्वाह गरेका छन् ।
सभामा संस्थाको प्रगतिबारे सचिव गणेशबहादुर खत्री र कोषाध्यक्ष गोविन्दप्रसाद बस्ताकोटीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया