मौसम बिग्रिएको तेस्रो दिन बल्ल पोखरामा हवाई उडान !

प्रमिला कुँवर २०८० वैशाख ३ गते १७:३७

पोखरा ।
खराब मौसमका कारण २ दिनसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन नसकेको हवाई उडान आज आइतबारबाट सुचारु भएको छ ।

Advertisement

आइतबार मौसममा केही सुधार भएपछि साढे २ बजेपछि २ बजे काठमाडौंबाट पोखरासम्म बुद्ध एयरको जहाज आएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख विक्रम गौतमले दिए ।

बाक्लो तुँवालोका कारण भिजिबिलिटी कम हुँदा शुक्रबार र शनिबार पोखराबाट कुनै पनि जहाज उडान भएनन् । अन्तबाट पनि जहाज आएनन् ।

‘बिहीबारदेखी नै पोखराको हवाई उडानमा मौसमी बाधा आउन थालेको हो, बिहीबार मौसमी खराबीले दुई वटा उडान स्थगित भएको थियो,’ गौतमले भने, हवाई उडानका लागि ३८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ तर अहिले २ हजार मात्रै हुँदा उडान प्रभावित भएको हो ।

गौतमका अनुसर दुई दिन उडान रोकिदा ५ हजार यात्रु प्रभावित भएका थिए ।

Advertisement

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया