पोखरामा ‘सिजी इन्टरनेट’सेवा शुरु

समाधान संवाददाता २०८० वैशाख ३ गते २२:३९

पोखरा ।

सिजी कम्युनिकेसन प्रालीले आजदेखि पोखरामा उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबीसमेत गरिएको छ ।

सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । टेक्निकल अप्रेसन हेड इन्जिनियर रन्नु शर्माका अनुसार काठमाडौंसहित पहिलो चरणमा ८ वटा सहरमा गरिएको थियो । भैरहवा, बुटवल, बर्दघाट, कावासेती, नवलपरासी, भरतपुर, रत्ननगर, हेटौंडा सर्भिस दिँदै आएको सिजीले दोस्रो चरणमा विरगंज, लाहान, इटहरी, धरान, दुहबी, विराटनगर र आइतबारबाट पोखरामा सुरु गरेको हो ।

Advertisement

कम्पनीले पोखराको बुद्धचोकबाट कार्यालय स्थापना गरेरका काम सुरु गरेको इन्जिनियर शर्माले बताए ।
कम्पनीले जारी विज्ञप्तिमा १३० एमबिपिएस गतिको ‘सिजी नेट’ प्रतिमहिनामा ९ सय ४० रुपैयाँमा उपलब्ध हुने जनाइएको छ । तीन महिनाको २८ सय ८५, एक वर्षका ९ हजार ५ सय ८८ रुपैयाँ तोकेको छ । कम्पिनीले १ सय ३० एमबिपिएस इन्टरनेट जडान गर्दा ग्रहकलाई १ लाख बराबरको इन्सुरेन्स गर्दिने योजना ल्याएको हो । ग्राहकले कम्पिनीले २ सय ५० र ३ सय ५० एमबिपिएस इन्टरनेट जडान गर्न सक्छन् । सिजीले इन्टरनेट जडान गर्दा एलिडी टिभीको अर्फर पनि ल्याएकोछ । इन्टरनेट जडान गर्दा चायल्ड सेफटी, अफिस आवोर, स्टडी आवर, फेम्ली टाइम, गुडनाइट मोड र ब्लक अल गरेर इन्टरनेटका सेवाहरु लिन सकिन्छ ।


‘सिजी नेट शुरु गरेपछि यतिधेरै प्रतिक्रिया आउँछ भनेर सोचेको पनि थिएनौं । मलाई धेरै साथीभाईहरुले सोध्ने गर्छन् । कसरी यस्तो सस्तो दिन सक्नु भएको छ भनेर । सहज उत्तर छ, त्यो हो । हामीले सस्तो दिएका होइनौं, तपाईंहरुले पहिलेदेखि नै महंगो शुल्क तिरिरहनु भएको छ,’ इन्जिनियर शर्माले भने ।

Advertisement


सिजी नेटको उद्देश्य सस्तो शुल्कमा गुणस्तरीय सेवा दिनु मुख्य उद्देश्यले रहेको उनको भनाइ छ । ‘उच्च गतिको इन्टरनेट सेवा सस्तो शुल्कमा दिन्छौं र त्यो पूरा गरेरै छाड्छौं,’ उनले भने, ‘पोखराका विभिन्न वडाहरुमा यो सेवा विस्तार हुने क्रममा छ ।’ चौधरी ग्रुपको पहिलो प्राथमिकता भनेकै ग्राहकको सन्तुष्टी हो । आजको दिनमा हामी घरायसी उपकरणको इलेक्ट्रोनिक्स बजारमा नम्बर १ मा छौं । यो हुनुको पछाडि हाम्रो गुणस्तरीय अफ्टर सेल्स सर्भिस भएको उनले सुनाए

तपाईको प्रतिक्रिया