शिवशक्ति स्कुलमा आचारसंहिता

पोखरा ।
पोखरा ११ फूलबारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक सोमबार भएको छ । बैठकले विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्नका लागि २१ बुँदे आचारसंहिता बनाएको छ ।
आचारसंहिता पालनाले विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्नेमात्र नभई विद्यालयको शैक्षिक स्तरमा थप सुधार हुने विश्वास गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर बास्तोलाको अध्यक्षतामा बसेको बैठकमा अन्तिम परीक्षाको नतिजाबारे पनि छलफल भएको थियो ।
सहायक प्रधानध्यापक बालकृष्ण बास्तोलाले विद्यालयको वर्तमान अवस्था र विद्यार्थीलाई आउँदा दिनमा कसरी सक्षम र सबल बनाउन सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । प्रधानाध्यापक शम्भुराज बास्तोलाले विद्यालय अंग्रेजी माध्ययमा गइसकेको तथा प्रविधिलाई आत्मसाथ गर्दै अब अगाडि बढ्ने बताए ।
उनले प्रत्येक शिक्षकले विद्यालयमा बालमैत्री वातावरण बनाउनुपर्ने जनाउँदै विद्यालय भर्ना अभियानलाई सशक्त रुपमा अगाडि बढाइने जनाए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया