अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय आराेहीको जीवितै उद्धार, मणिपालमा उपचार हुँदै

समाधान संवाददाता २०८० वैशाख ७ गते १३:०८
अन्नपूर्ण हिमालबाट उद्धार गरिएकाे भारतीय नागरिक मालुकाे मणिपाल शिक्षण अस्पताल पाेखरामा उपचार हुँदै

पोखरा ।
अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका भारतीय आरोहीलाई जीवितै उद्धार गरिएको छ । ३४ वर्षीय भारतीय आरोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् ।

तीन दिनपछि उद्धार गरिएका मालुकाे पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेकेा छ । उनकाे अवस्था चिन्ताजनक रहेकाे बताइएकाे छ । त्यस्ताे चिसाे ठाउबाट पनि ७२ घण्टा सम्म जिवितै रहेका मालुकाे उपचारबाट निकाे हुन सक्ने अपेक्षा गरिएकाे छ ।

अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको बताएका छन् । ‘उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, उनी जीवितै छन्,’ भाइ सुधीरले भनेका छन् ।

Advertisement

हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूबारे चेतना जगाउन मालू ८,००० मिटरभन्दा माथिका सबै १४ चुचुराहरू र सातवटा शिखरहरू आरोहण गर्ने अभियानका लागी नेपाल आएका हुन् ।

Advertisement

तस्विर युनिश गुरुङ, एशाेशियट प्रेस

तपाईको प्रतिक्रिया