पाेखराकाे ल्यान्डफिल साइटमा डोजरले च्यापिएर चालककाे मृत्यु

समाधान संवाददाता २०८० वैशाख ८ गते १०:२४

पोखरा ।
ल्यान्डफिल साइटमा डोजरले च्यापिएर पोखरा महानगरपालिकाका एकजना चालकको मृत्यु भएको छ । महानगरपालिकाले पोखरा ३२ सेतीनदी किनारमा अस्थायी रुपमा सञ्चालन गरिरहेको ल्यान्डफिल साइटमा ग१ग १३४ नम्बरको डोजरले च्यापिएर चालक मुसाफिर दास तत्माको ज्यान गएको हो ।

फोहर लिएर गएपछि स्टार्टमा राखिएको डोजरबाट झरेका चालक सोही डोजरबाट च्यापिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चालक मुसाफिर पोखरा १५ मा बस्दै आएका थिए । उनी केही समयअघिमात्रै महानगरपालिकाबाटै अवकासप्राप्त हुन् । तर अरु डोजर चलाउने अरु नपाएपछि महानगरले उनलाई करारमा राखेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया