मुख्यमन्त्री अधिकारीको सम्पत्ति विवरण: बैंकबाट ऋण लिएर श्रीमतीको नाममा काठमाडौंमा जग्गा खरिद

समाधान संवाददाता २०८० वैशाख ८ गते १७:२५

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनको सम्पत्ति विवरण शुक्रबार मन्त्रिपरिषद् कार्यालयको वेवसाइटबाट सार्वजनिक भएको छ ।

सार्वजनिक भएको विवरणअनुसार उनको नगद १५ लाख र ३ तोला सुन देखिन्छ । उनकै नाममा पोखरा महानगरपालिका वडा नम्बर ३१ मा अंशवण्डाबाट प्राप्त भएको जग्गाा र विभिन्न सहकारी तथा वैंकमा १० लाख बचत रहेको उल्लेख गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १२ मा ६ आना क्षेत्रफल भएको एउटा घर र गण्डकी विकास बैंकमा २४५७ कित्ता शेयर आफ्नो नाममा रहेको मुख्यमन्त्री अधिकारीले देखाएका छन् ।

यस्तै विभिन्न व्यक्तिबाट लिएको १५ लाख ऋण तिर्न बाँकी रहँदा गत वर्ष एउटा ५० लाखको स्कार्पियो खरिद गएको देखाएका छन् । खेतबारीबाट वार्षिक आम्दानी ६ लाख हुने देखाउँदा उनको श्रीमती रमा पाण्डेको नाममा कृषि फर्ममा साढे १६ लाख र चितवनको एक रिर्साेटमा २० लाख रहेको जनाएका छन् । गत वर्ष प्रभु बैंकबाट ८० लाख ऋण लिएर काठमाडौं चन्द्रागिरीमा श्रीमतिको नाममा जग्गा किनेको उल्लेख गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया