इटाली बेस क्याम्पमा भरिया बेपत्ता

समाधान संवाददाता २०८० वैशाख १० गते ११:०२

जोमसोम ।
धौलागिरि बेस क्याम्प पुगेर फर्किएका १ जना ट्रेकिङको भारी बोक्ने भरिया ईटाली बेस क्याम्प क्षेत्रबाट बेपत्ता भएका छन् ।

सेभेन समिट ट्रेकमार्फत विदेशी पर्यटकको भारी बोकेर धौलागिरि बेसक्याम्प गएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका वडा नं. १ नुथला निवासी २० वर्षीय अमृत राई फर्किदा हिमपहिरोमा परी शुक्रबार बेपत्ता भएका हुन् ।

७ वैशाखमा धीरज राई र अर्जुन राईसँगै उनी विदेशी ट्रेकिङ कम्पनीका सामान बोकेर धौलागिरि आधार शिविरमा पुगेका थिए ।

Advertisement

भारी धौलागिरि बेसक्याम्पमा पु¥याएर फर्किने क्रममा अमृत बेपत्ता भएको पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनीसँगै गएका धीरज राई र अर्जुन राई भने सेभेन समिट ट्रेकको सम्पर्कमा आइसकेका छन् । प्रतिकूल मौसम, बाक्लो हिमपात र हिमपहिरोले गर्दा इटाली बेसक्याम्प नजिक अमृत बेपत्ता बनेका हुन् ।

Advertisement

यसअघि सेभेन समिट ट्रेकका ३ जना भरिया टोली मुस्ताङको मार्फाबाट धौलागिरि बेसक्याम्प भारी लिएर जाने योजनामा थिए ।

तर, प्रतिकूल मौसमका कारण मुस्ताङको मार्फाबाट त्यहाँ जान नसकेपछि उनीहरु म्याग्दीको धारापानीबाट धौलागिरि बेसक्याम्प पुगेका थिए ।

तपाईको प्रतिक्रिया